गाईघाटमा जितिया महोत्सव भव्य, थारु भाषालाई स्थानीय भाषामा मान्यता दिन सरकारलाई ध्यानाकर्षण

पूर्णपुष्टि, असोज १३
थारुहरुको महान चाँड जितिया उदयपुरको गाईघाटमा भव्य भएको छ । थारु संस्कार संस्कृति सँग जोडिएको यो चाँड थारु समुदायहरुले बिषेश रुपमा मनाउने गर्छ । यस पर्वमा थारु जातिका विवाहीत महिलाहरुले व्रत (उपवास) वसेर भगवान सँग सन्तानको दिर्घ आयु र सफलताको माग गर्ने गरेको बताईन्छ ।
आजभोली भने थारु सामुदाय भन्दा अन्य समुदायहरुले पनि यो चाँड मनाउने गरेको र व्रत वसेर आफ्नो सन्तानको दिर्घ आयुको कामना गर्ने गरेका यस समुदायहरु बताउँछन् ।गाईघाट स्थित थारुहट रंगशालामा बिभिन्न सांस्कृतिक कार्यक्रम सहित महोत्सव भव्य मनाइएको छ । नेपालका थारु समुदायका राष्ट्रिय तथा अन्तराष्ट्रिय कलकारहरुको बेजोड प्रस्तुतीमा महोत्सव मनाईएको आयोजकले जनाए । महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय नृत्य प्रतियोगिता पनि गरिएको छ ।महोत्सव कार्यक्रमले थारुहरुको भाषा, धर्म, पहिचान र संस्कार संस्कृति बारे दबाव मुलक आवाज उठाउँदै सरकारलाई थारु भाषालाई स्थानीय भाषाको रुपमा प्रयोगमा ल्याउन दवाव समेत दिने आयोजक समितिले जनाएको छ ।पछिल्लो समय आदिवासी जनजाति भित्रको प्रमुख जातिको रुपमा रहेको थारु जातिहरुको भाषालाई सरकारले चासो नदिएको र थारु भाषालाई स्थानीय भाषाको रुपमा मान्यता दिन दवाव दिँदै महोत्सव आयोजना गरिएको थारु कल्याणकारीसभा त्रियुगा नगर कमिटिका अध्यक्ष बेचुदास चौधरीले बताए ।
कार्यक्रमको उद्घाटन थारु कल्याणकारीणीसभा उदयपुरका संरक्षक, थारु हकअधिकारको लागि अग्रणीभुमिका निर्वाहका अगुवा तथा त्रियुगा नगरपालिकाको मयेर बलदेव चौधरीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: