
पूर्णपुष्टि, २२ पुष । उदयपुरको सदरमुकाम गाईघाटमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चाललको मृत्यु भएको छ । सोमबार गाईघाट बजारको मेनचोक नजिक स १ त ७८ २१ नम्वरको ट्याक्टरले प्रदेश १–०५–००१ प ७६८४ नम्वरको स्कुटरलाई पछाडी बाट ठक्कर दिँदा स्कुटर चालक रौतामाई गाउँपालिका वडा नं ७ मुर्कृचीका ४० बर्षिय बासु खड्काको मृृत्यु भएको हो ।
करिब १२ बजेको समयमा भएको दुर्घटनामा घाईते खड्कालाई जिल्ला अस्पताल उदयपुरमा उपचारको लागि लगिएकोमा अस्तालले मृत घोषणा गरेको थियो । ठक्कर दिने ट्याक्टर र चालक त्रियुगा नगरपालिका ४ निवासी क्रान्ती चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।