गाईघाटमा डेँगु नियन्त्रण अभियान सुरु

पूर्णपुष्टि, २१ साउन ।
त्रियुगा नगरपालिका स्वास्थ्य कार्यालय उदयपुर लगायतका सरकारी निकायहरुले गाईघाटमा डेँगु नियन्त्रण अभियान सुरु गरेको छ । स्वाथ्य कार्यालय उदयपुरका प्रयोगशाला अधिकृत लौकाजी राईका अनुसार उदयपुरमा पछिल्लो १५ दिनको हाराहारीमा २ सय बढी डेँगु संक्रमणका विरामीहरु देखापरेको जनाए । राईका अनुसार छिमेकी जिल्ला सुनसरीमा भयावह भएको उक्त संक्रमाण् उदयपुरमा पनि असरको रुपमा देखा परेको हो । राईले यसको नियन्त्रणमा सबै सचेत रहनु पर्ने जनाए । त्रियुगा नगरपालिककी उपप्रमुख महेश्वरी राईले डेँगु नियन्त्रणमा त्रियुगा नगरपालिका प्रतिवद्ध रहेको जनाईन् । यसलाई अभियानकै रुपमा अगाडी बढाईएको राईले जनाईन् । त्रियुगा नगरपालिका, स्वासथ्य कार्यालय, प्रशासान कार्यालय, सुरक्षा निकाय, संघसंस्था, पत्रकार, त्रियुगा उद्योग बाणिज्य संघ लगायत सबै अभियानमा सहभागी रहेको राईले जनाईन् । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईलीले ब्यापार व्यवसाय गर्दा सरसफाई र बजार सफा राख्न भुमिका खेल्न आह्वान गरे । आईतबार देखी सुरु भएको डेँगु नियन्त्रण सचेतना अभियानमा बजारका ब्यापारीहरुले सरसफाईमा ध्यान दिएर नियन्त्रणको लागि सहयोग गर्न जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0