
पूर्णपुष्टि, १४ कार्तिक
देशभक्ति चलचित्र काँडेतरको गाईघाटमा बिषेश च्यारिटी सो हुने भएको छ । फागुन २५ गते देशैभर प्रदर्शनको तयारीमा रहेको उक्त फिल्मको च्यारीटी सो गाईघाटमा पनि हुने भएको हो । यहि कार्तिक १८ गते शुभलक्ष्मी हल गाईघाटमा काँडेतारको च्यारीटी सो हुने निर्माता लवल खड्काले जनाए ।
गाईघाट लगायत बिभिन्न सहहरुमा फिल्म च्यारीटी सो भैरहेको निर्माता खड्काले जनाए । निर्माता संघको अध्यक्ष समेत रहेका खड्काले देशको बिभिन्न सहरहरुमा फिल्म प्रतिक्रियाका लागि च्यारिटी सो भैरहेको जनाए । उनले च्यारीटी सो पछि फिल्म बारे प्रतिक्रिया दिन सबैमा आह्वान समेत गरेको छ । कार्तिक १८ गते सबैलाई च्यारिटी सो मा सहभागी हुन अनुरोध गर्दै फिल्मबारे राम्रो भए राम्रो नराम्रो भए नराम्रो कुनै पनि प्रतिक्रिया दिन खड्काले आह्वान गरे । खुला सिमाका कारण झडपमा परी मृत्यु भएका परिवार तथा घाईतेहरुको सहयोगार्थ फिल्म प्रदर्शन गर्ने निर्माता टिमले जनाएको छ ।
