Monday, July 13News That Matters

गाईघाटमा निर्माण व्यवसायी संघ उदयपुरको साधारण सभा सँगै ८ औँ अधिवेशन सुरु

पूर्णपुष्टि, मंसिर २८ निर्माण ब्यवसायी संघ, उदयपुरले आफ्नो ८ औं जिल्ला अधिवेशन तथा १० औं साधारणसभा गाईघाटमा सुरु भएको छ । संघले गाईघाट स्थित रत्न होटलमा भव्य कार्यक्रमको आयोजना गरेको छ । केन्द्रीय अध्यक्ष रवी सिंङको आथित्यमा कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा जनप्रनिनिधिहरुलाई समेत सम्मान गरिएको छ । निर्माण ब्यवसायीको क्षेत्रमा काम गरेर जनप्रतिनिधि भएका त्रियुुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, ताप्ली गाउँपालिकाका अध्यक्ष ढुुङ्गराज बि.क. लगायत ११ जना जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा जिल्लाभरका निर्माण ब्यवसायीहरुको सहभागिता रहेको छ ।