गाईघाटमा पहिलो चोटी आज बाट सवारी ट्रायल सुरु

पूर्णपुष्टि, मंसिर ८
गाईघाटमा आज बाट सवारी लाईसेन्सको ट्रायल सुरु भएको छ । गाईघाट बाटै सवारी लाईसेन्सको व्यवस्था गरिएपछि आजा बाट औपचारीक रुपमा ट्रायल सुरु गरिएको हो । यातायात व्यवस्था सेवा कार्यालय उदयपुर गाईघाटले लाईसेन्स वितरणका कामलाई अघि सार्दै कार्तिक २८ गते बाट अनलाईन फर्म खुलाएका थिए । पहिलो चरणमै लाईसेन्सको लागि अत्यादिक सवारी चालकहरुले आवेदन दिएका थिए ।

शुक्रबार भएको पहिलो चरणको लिखित परिक्षामा उतिर्ण हुनेहरुको आज बाट ट्रायल हुने याताया व्यवस्था सेवा कार्यालय उदयपुरका प्रमुख सुवास कार्कीले बताउनुभयो । कार्कीका अनुसार पहिलो चरणमा १८९ जनाले लिखित परिक्षामा सहभागी जनाए थिए ।

प्रयोगात्मक परिक्षाको लागि (ट्रायल) सेन्टरको उद्घाटन गर्दै प्रदेश नं १ का भौतिक पूर्वधार विकास मन्त्री हिमाल कार्की

लाईसेन्सका लागि लगतार अनलाई फर्म खुलिरहेकाले ट्रायलका लागि लिखितमा धमाधम सहभागी भईरहेको प्रमुख कार्कीले बताउनुभयो । गाईघटमा पहिलो पटक शुक्रबार भएको लिखित परिक्षा भन्दा थप बढेर दोस्रो पटक हिजो मंगलबार २७४ जनाले लिखितमा सहभागी जनाएका थिए ।

ट्रायल सेन्टरको औपचारिक रुपमा उद्घाटन गर्दै बुधबार बाट ट्रायल (प्रयोगात्मक) परिक्षा सुरु गरेको कार्यालयले जनाएको छ । (प्रयोगात्मक) परिक्षाका लागि प्रदेश नं १ का भौतिक पूर्वधार विकास मन्त्रालयका मन्त्री हिमाल कार्कीले उद्घाट गर्दै ट्रायल परिक्षाको सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: