गाईघाटमा पोषण तथा विद्यालय करेषावारी बारे २ दिने प्रशिक्षण तालिम सम्पन्न

पूर्णपुष्टि असार ७
गाईघाटमा दुई दिने पोषण तथा विद्यालय करेषावारी सम्बन्धी प्रशिक्षक, प्रशिक्षण तालिम मंगलबार सम्पन्न भएको छ । वाल संवेदनशील जिविकोपार्जन तथा सामाजिक सुरक्षा ( ऋीक्ए ) परियोजना अन्तरर्गत (सेभ द चिल्डे«न) को सहयोग तथा वालविकास समाज नेपालको आयोजनामा दुई दिने तालिम सम्पन्न भएको हो ।
बालवालिकाहरुलाई बिषेशगरी स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग र योगदाका निम्ति सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई उपस्थित गराई प्रशिक्षण तथा प्रशिक्षकको कार्यक्रम आयोजना गरिएको वालविकास समाज नेपाल उदयपुरका कार्यक्रम अधिकृत तथा तालिममा सहभागी चेतराज श्रेष्ठले जनाए ।
अहिले बाहिर बाट आएका र बजारमा पाईने तरकारीहरुले मानिसको स्वास्थ्यमा खराव गर्नु

का साथै वालवालिकाहरुमा झनै असर पर्ने हुँदा प्रत्येक घरमा खानका लागि करेषावारी निर्माण गर्नु पर्ने भन्दै सम्बन्धित व्यक्तिहरु लाई तालिम दिईएको श्रेष्ठले जनाए ।
आजभोलीको तरकारीहरुमा बिषादी लगायतका समस्याहरुको कारण आफनो भन्दा अरु तरकारी बिश्वास गर्नै नसकिने हुनाले आफुले खाने तरकारी आफै उत्पादन गर्नु पर्ने र वालवालिकाहरुलाई स्वास्थ्य तथा पोषणयुक्त राख्नु पर्ने यस कार्यक्रमको उदेश्य रहेको छ ।
कुनै वालिवालिकाहरु स्वास्थ्य र दन्दुरष्ट रहेमा सबै क्षेत्रहरुको नेतृत्व र सहज मानव जिवन यापन सँगै परिवार, समाज र रापष्ट्र नै मजवुद बनाउन यस कार्यक्रमको आवश्यक रहेको छ । यस कारण पनि नमुना करेषावारीलाई बिषेशगरी वालवालिकाहरु सँग प्रत्यक्ष जोड्ने काम गरेको अधिकृत श्रेष्ठले जनाए । यसरी स्वास्थ्य बालवालिकाहरु भौतिक कार्य तथा बौद्धिक कार्य दुवै क्षेत्रमा अब्बल रहनुका साथै एक सुखी परिवार र समाजको निर्माणले सरल जिवन यापनको परिकल्पना गर्न सकिने कार्यक्रमले देखाएको छ ।

बालविकास समाज नेपालले वालवालिकाहरुको क्षेत्रमा थुप्रै कामहरु गर्दै आएको मध्ये यो कार्यक्रम निकै महत्वपूर्ण मानिएको छ । वालवालिकाको अधिकार, स्वास्थ्य तथा खानपान र पोषणहरुको बारेमा यस संस्थाले कार्यक्रमहरु संञ्चालन गर्दै आएको छ । बालवालिका संग प्रत्यक्ष सम्बन्धित व्यक्ति तथा संस्थाहरु बिभिन्न कार्यक्रमहरुमा सहभागी हुन नसक्नाले महत्वपूर्ण निर्णयहरु गर्नबाट असफल रहेको अवस्थामा यसले सकरात्मक असर पार्ने कार्यक्रमको अपेक्षा छ ।
यसरी प्रत्यक्ष सहकार्य र समन्वय बाट वालवालिकाहरुको शिक्षा तथा स्वास्थ्यमा समेत राम्रो प्रभाव पार्ने भएका कारण वालविकास समाज नेपाल उदयपुरले विद्यालयहरुमा पोषण तथा करेषावारी सम्बन्धी कक्षानै संचालन गरेका थिए ।

यसरी कक्षा संञ्चालन पश्चात संस्थाले छनौट भएका विद्यालयहरुमा बालबालिका मार्फत नमूना करेषावारी स्थापना गरी प्रदर्शन समेत गरिएको गराएका थिए । विद्यालयमै नमुना करेषावारी निर्माण गरी विद्यार्थीहरुबाटै प्रदर्शन गर्दा सूचनामा निकै सकरात्मक प्रभाव परेको संस्थाको दावी छ । यस विद्यालयहरुको नमुना कार्यक्रमले हरेक घरघरमा करेषावारी तथा बालबालिकाहरुको स्वास्थ्य तथा पोषणमा सुरधार ल्याउने प्रेरणा जगाएको छ । प्रशिक्षण तालिममा संस्थाको कर्मचारी र बोर्ड समिति गरी ९ जना र नमुना करेषाबारी प्रदर्शन बाट छनौट भएका विद्यालयका शिक्षकहरु ४ जना गरी जम्मा १३ जना सम्बन्धित व्यक्तिहरुले सहभागी जनाएका थिए ।
कार्यक्रममा कटारी नगरपालिका वडा न.११ को सरस्वती मा.वि.हर्देनी, उदयपुरगढी गाउँपालिका वडा न.३ मा.वि.वर्रे, वडा न.६ मा.वि.बोहोरीबोट र वडा न.६ कै मा.वि.जगरेटारका शिक्षकहरुको सक्रिय सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: