पूर्णपुष्टि, पुष १८
गाईघाटमा प्रथम त्रियुगा नगर अन्तर मावि स्तरीय मेयर रनिङ् शिल्ड प्रतियोगिता सोमवार बाट सुरु भएको छ । प्रतियोगिता त्रियुगा मावि गाईघाटको प्राङ्गनमा सुरु भएको छ । १८ गते देखी २२ गते सम्म संञ्चालन हुने खेलमा त्रियुगा नगरपालिका भरी रहेका मावि स्तरीय विद्यार्थीहरुले भाग लिएको छ । बिभिन्न १० विद्यामा खेलाईने खेलमा नगरभरिका करिब ३ दर्जन भन्दा बढी विद्यालयहरुले सहभागी जनाएको आयोजक त्रियुगा नगरपालिकाले जनाएको छ । उक्त प्रतियोगितमा बिभिन्न विद्यालयहरुबाट करिब १ हजार भन्दा बढी विद्यार्थीहरु समेत सहभागी भएको नगरपालिकाले जनाए । सोमवार नगर प्रमुख वसन्त कुमार वस्नेत र उपप्रमुख महेश्वरी राई सहितले त्रियुगा माविमा कार्यक्रमको भव्य उद्घाटन गरे सँगै खेल प्रारम्भ भएको छ । प्रतियोगितामा, फुटवल, भलिवल, रनिङ, क्रिकेट, कराते लगायत बिभिन्न खेलहरु सहभागी गरिएको छ ।

