
पूर्णपुष्टि, १ पुष ।
गाईघाटमा अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरी सहितका निकाय लागि परेका छन् । अस्तव्यस्त बजार र सडकलाई व्यवस्थीत गर्ने बिषयमा केहि समय अगाडी मात्रै त्रियुगा नगरपालिकामा नगर प्रमुख र उपप्रमुख सहित, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी, ब्यपारी सहितको संयुक्त छलफलमा सडक पेटी र पार्किङको व्यवस्थापन गर्ने भनिएको थियो । सोही अन्तर्गत ट्राफिक प्रहरीले आजबाट लाईनिङ समेत हान्न थालेको हो । पार्किङ व्यवस्थापनका लागि अत्यादिक पार्किङ हुने स्थानमा ड्रमहरु राखेर व्यवस्थापन गरिएको छ । भने सुन्दर सहर निर्माणका लागि फुलहरु समेत रोपिएको छ । त्यो सँगै सडक दुर्घटना न्युनिकरणको सचेतना बोर्डहरु समेत राखिएको छ । उक्त कार्यको उद्घाटन नगर प्रमुख बसन्त वस्नेत, उपप्रमुख महेश्वरी राई, एसपी रमेश थापा र १६ नं वडाअध्यक्ष मान वहादुर राईले फुल रोपेर सुरु गरेको हो ।