Friday, February 7News That Matters

गाईघाटमा ब्राउन सुगरको ग्राहक खोज्दा खोज्दै पक्राउ परेका थिए यी दुई भारतीय

पूर्णपुष्टि, १६ कार्तिक ।
दुई दिन अघि मात्रै पक्राउ परेका ब्राउन सुगर कारोवारी दुई भारतीयलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहिबार सार्वजानिक गरेको छ । बिहार राज्य सुपौल जिल्ला भिमनगर थाना वडा नं ८ बस्ने दुखन मण्डलको छोरा अं बर्ष २७ को जसबिर कुमार मण्डल र सोही गाडीमा सवार बिरपुर थाना वडा न. १२ बस्ने देव कुमार महतोको छोरा अं बर्ष २७ को सन्तोष कुमार महतोलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो । ति दुई भारतीयको साथबाट प्रहरीले २९ ग्राम बढी ब्राउन सुगर र डेडलाख बढी नगद समेत बरामद गर्यो । प्रहरीका अनुसार ती दुई भारतीय काठमाण्डौँबाट ब्राउन सुगर बेचेर फर्किएका थिए । बचेका ब्राउन सुगर बेच्न गाईघाटमा ग्राहक खोज्दै हिड्ने क्रममा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरु सँगै थप दुई जनालाई पनि प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।