गाईघाटमा यात्रु सहायता कक्ष संञ्चालन सँगै सवारीलाई टाईम कार्ड लागु, तालिका सहित

पूर्णपुष्टि, १८ असोज ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरले चाँडबाँडलाई लक्षित गर्दै गाईघाटमा नागरिक यात्रु सहायता कक्ष संञ्चालनमा ल्याएको छ । चाँडबाँडमा घट्ने अप्रिय घटना, सवारीको लापर्वाही, चोरी, दुर्घटना मनपरी भाडा लगायतका यात्रुहरु सँग संवेदनशिल रहेको क्षेत्रलाई मध्यनजर गर्दै सहायता कक्ष खोलिएको जिल्ला ट्राफिक इन्चार्ज लोक बहादुर दियालीले जनाए । दियालीका अनुसार मंगलबारबाट संञ्चालनमा आएका यस कक्षले चाँडबाँडमा यात्रुहरुमा हुने असुरक्षित र सवारीको हेलचेक्राईलाई नियन्त्तण गर्ने छ ।

गाईघाटबाटबाट र गाईघाट हुँदै चल्ने सार्वजानिक सवारीहरुलाई यसले बिषेश निगरानी गर्ने र मापदण्डको आधारमा संञ्चालन भए नभएकोबारे अध्यान अनुसन्धान गर्ने दियालीले जनाए । यदि मापदण्ड पिवरिद सवारी संञ्चालन भएको पाईएमा कानुन बमोजिम कडा कार्वाही गरिने दियालीले जानकारी दिए । उनले यस चाँडबाँडको अवस्थमा यात्रु र चालक दुवै सचेत र सदभावका साथ यात्रा गर्नु पर्ने जनाए । यो बेला यात्रुहरुको सामान छुट्ने, चोरी हुने भाडा बृद्धि जस्ता समस्या हुने हुँदा रेख देख र संरक्षण गर्ने सहायता कक्षको मुख्य उदेश्य रहेको छ ।

कटारी र बेलका रामपुर सम्मको सवारीलाई टाईम कार्ड लागु

कार्यालयले उदयपुर भित्र चल्ने सवारीलाई टाईम कार्डको लागु गरेको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत गाईघाटदेखी पश्चिम कटारी, संगम चोक, नेपालटार र गाईघाट देखी पूर्व बेल्टार, रामपुर, लालबजार, लगायतका ठाउँमा टाईम कार्ड लागु गरेको हो ।

                                     लोक बहादुर दियाली, उदयपुर ट्राफिक इन्चार्ज

इन्चार्ज दियालीले पैसाको लोभमा चाँडबाँडमा सवारीहरुले छिटो सवारी चलाउने र धेरै टिप लगाउने ध्यानमा तिव्र सवारी चलाउँदा दुर्घटना बढ्ने भन्दै टाईम कार्ड लागु गरेको हो ।

सवारी समय तालिका यस्तो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1