
पूर्णपुष्टि, फागनु ३० । राष्ट्रिय भूमि अधिकार मंञ्च उदयपुरको अधिवेशन गाईघाटमा धमाधम चलिरहेको छ । प्रदेश सांसद हिमाल कार्कीको प्रमृख आतिथ्यतामा अधिवेशन चलिरहेको हो । “आधा पुरुष आधा नारी ; जमिनमा हक बराबरी” “आन्दोलनमा महिला ; पूर्जा चाहियो पहिला” भन्ने मुल नाराकासाथ अधिवेशन चलिरहेको छ । कार्यक्रममा सुकुम्वासीले कहिले पनि जमिन र पुर्जाहरु पाउन नसकेको कुरा उठेको छ । पहुँच हुनेहरुले जग्गालाई मनपरी प्रयोग गरी आफ्नो बनाएको तर बास्ताविक सुकुम्वासीहरु सँधै पिडित रहेको जनाएको छ । वाराम्वार आयोगहरु आएपनि कुनै पनि आयोगहरुले जनताहरुलाई व्यवस्थीत र जग्गा धनी लालपुर्जा दिलाउन नसकेको जनाए ।

