Friday, June 19News That Matters

गाईघाटमा वैशाख १६ देखि उप-मेयर गोल्डकप महिला फुटबल प्रतियोगिता हुने

पूर्णपुष्टि,वैशाख १३ । उदयपुरको गाईघाटमा अवस्थित थरुहट संगशालामा आगमी बैशाख १६ गते देखि उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा हुने लागेको प्रतियोगितामा गाईघाट फुटबल क्लबको महिला टिम सहित विभिन्न ८ टिमले प्रतियोगितामा सहभागित जनाएको छ ।

प्रतियोगीताको उद्घाटन खेलमा माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरी र बागमति युवा क्लब सर्लाहि विच हुने छ । दोस्रो खेल एनविवाईसि सप्तरी र हेटौटा फुटबल क्लब विच हुने छ भने बैशाख १८ मा अल इन वान क्लब झापा र डिडब्लुएफसि धरान सुनसरी विच प्रतियोगीता हुने छ ।

प्रतियोगीताको अन्तिम सेमिफाईनल खेल आयोजक गाईघाट फुटबल क्लब र पिएसडब्लुसि पथरी मोरङ विच हुने आयोजक जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रन्जन कार्कीले जनाए । महिला फुटबल खेलाडिहरुको विकास र प्रबद्र्धन तथा व्यवसायीकरणको लागि प्रतियोगीता आयोजना गर्न लागिएको जिल्ला फुटबल संघ उदयपुरले जनाएको छ ।

त्रियुगा नगरपालिकाको मुख्य प्रायोजनमा संञ्चालन हुन लागेको प्रतियोगिता दिनको ३ बजे देखि सुरु हुने भएको छ । नगरपालिकाको १६ वटै वडा ,नेपाल टेलिकमले समेत प्रायोजन गरेको छ । प्रतियोगीतालाई अखिल नेपाल फुटबल संघ एन्फाको सहयोग तथा त्रियुगा नगर युवा तथा खेलकुद विकास समिति उदयपुरको समन्वयमा गर्न लागिएको जिल्ला फुटबल संघ उदयपुरका महासचिव मदन भुजेलले जानकारी दिनु भयो ।

प्रतियोगीताको बिजेता टोलीले नगद १ लाख, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपबिजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।