
पूर्णपुष्टि, पौष २७
उदयपुरमा समता स्कुलको भवन सिल्यान्यास भएको छ । स्कुलले आफ्नै विद्यालय भवनमा विद्यार्थीहरुलाई पठनपाठन गराउने भन्दै भवन निर्माण गर्ने भएको हो । गाईघाटमा संञ्चालीत समता स्कुलको भवन सिल्यान्यास त्रियुगा नगरपालिका ११ शिवालयटोलमा भएको छ । हाल सम्म भाडामा संञ्चालित रहेको सो विद्यालयले २२ कट्ठा जमिन निजमा लिएर भवन निर्माण गर्ने भएको हो ।

भवनको सिल्यान्यास त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गर्नुभयो । समता स्कुलले गाईघाटमा हाल ४ कक्षा सम्म पठनपाठन गराईरहेका छन् । विद्यालयको आफ्नो भवन नहँुदा पठनपाठन सहज नभएको भन्दै आफ्नै भवनमा विद्यालय संञ्चालन गर्न लागिएको समता स्कुलको प्रिन्सिपल लक्ष्मी राईले बताउनुभयो । भवन निर्माण सँगै कक्षाहरु थप्न पनि पनि थप सहज हुने उहाँले बताउनुभयो ।

प्रत्येक बर्ष कक्षा थप्दै विद्यार्थीहरुलाई पढाउने व्यवस्था गर्दै आएको पनि प्रिन्सिपल राईले बताउनुभयो । भवनको सिल्यान्यास गर्दै मयेर चौधरीले समता स्कुलले बालबालिकाहरुलाई उत्कृष्ट शिक्षा प्रदान गरिरहेको बताउनुभयो । सस्तो सुलभ पैसामा सबै किसिमका अविभावकहरुको छोराछोरीहरुले शिक्षा लिन सकेको उहाँले बताउनुभयो । त्रियुगा नगरको समृद्ध विकासका लागि शिक्षा क्षेत्रबाट गुणस्तरीय शिक्षामा समताले महत्वपूर्ण भुमिका खेलेको मेयर चौधरीले बताउनुभयो ।

मेयर चौधरीले स्कुलको भवन निर्माणका लागि १० लाख आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । हाल ५ लाख रुपयाँ सहयोग गर्ने र पछि फेरी ५ लाख सहित १० लाख सहयोग गर्ने उहाँले कार्यक्रममा बताउनुभएको छ । हाल देशको ७७ ओटा जिल्लामा जम्मा ८० ओटा समता स्कुल संञ्चालमा रहेको समता स्कुलका निर्देशक दिपक सञ्जेलले बताउनुभयो । नेपालका सबै जिल्लामा सञ्चालन हुनुका साथै नेपाल भन्दा बाहिर अन्तराष्ट्रि देशहरुमा समेत यो विद्यालय संञ्चालनमा रहेको उहाँले बताउनुभयो । सञ्जेलका अनुसार समता स्कुल अरुको भरमा चल्नु पर्ने हुँदा यसलाई स्थानीय सरकारले सहयोग गर्नु पर्नेमा जोड दिनुभएको छ ।

अहिले सम्म चन्दा र अरुको सहयोगमै विद्यालय यहाँसम्म आईपुगेको भन्दै राम्रो आर्थिक स्रोत सहित विद्यालयलाई थप राम्रो बनाउन उहाँले सबै समक्ष सहयोगगको अपेक्षा राख्नु भएको छ । भवन निर्माणका लागि सबैले आर्थिक रुपमै नसके पनि भौतिक, नैतिक, सामाजिक सबै खालको सहयोग गर्नु पर्ने आवश्यक रहेको उहाँले बताउनुभयो ।
गाईघाट स्थित समतामा स्कुलमा हाल ४ सय ७० जना विद्यार्थीहरुले अध्यान गर्दै आएको छ । सो विद्यालयमा गुणस्तरिय शिक्षाको लागि २२ जना स्टाफहरु परिचालन रहेको छ ।
फोटो फिचर

