गाईघाटमा सिटि सफारिहरु आन्दोलित

पूर्णपुष्टि, माघ १६ उदयपुरको सदरमुकाम गाईघाट बजारमा संचालनमा रहेका सिटि सफारीका चालकहरु आन्दोलनमा उत्रिएका छन । अनाबश्यक ट्राफिक आतंक भएको भन्दै सोको बिरुद्ध आन्दोलन गरेको जनाएका छन् ।

पुरानो सवारी अनुमतिपत्र परिबर्तन गर्न र तत्काल रुट पर्मिट अनिबार्य गराउनु भन्दै ट्राफिक प्रहरीले प्रतिदिन १ हजार रुपैया जरिवाना गराएकाले आन्दोलन गर्नु परेको सिटि चालक रितेश कोईरालाले बताए । यातायात कार्यालयको नीति बिपरित जादैनौ, तर पहिला यो नीति नभएको र यो ब्याबसाय गर्नेहरुसंग रुट पर्मिट लिन पर्याप्त रकम नभएकोले केही समय चाहिने भएकाले तत्कालका लागि ट्राफिक कार्बाही रोक्न र सिटि चाककहरुलाई आबश्यक समय दिन हाम्रो सामुहिक माग रहेको छ’ उनले भने ।
त्यसैगरी, रुट पर्मिटको राजश्व रकम प्रतिसिटी ७ हजार भएको र समयको हतबन्दिले पुराना सफारिलाई बढी रकम पर्ने भएकोले सबैलाई एकरुपता बनाउन आग्रह अर्का चालक तुल बहादुर तामाङ्ले गरे । तामाङ भन्छ्न ‘दिनभरी ७ सय देखि १ हजार कमाई हुन्छ, त्यो पनि ट्राफिकलाई बुझाएपछी बिहान, बेलुकाको छाक र किस्ता कसरी तिर्नु । यहाँ, करिब ३ सय हाराहारिमा सिटि छन, तर ब्यथा सबैको एउटै भएको गुनासो गरे । त्यसैले सम्पुर्ण सिटि ब्याबसायिहरुको पिर र मार्कालाई बुझेर सरकारले नीति, नियम बनाओस् भन्ने हाम्रो सामुहिक अपेक्षा रहेको सिटि ब्याबसायी नीर बहादुर बिष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0