पूर्णपुष्टि, पुष १० । गाईघाटमा सुर्य लाईफ इन्स्योरेन्स र ज्योतिलाईफ इन्स्योरेन्स मर्ज भएपछि खुसियाली मनाईएको छ । उक्त कम्पनीहरु मर्ज भई सुर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनि बन्न पुगेको प्रदेश नं २ क्षेत्रीय प्रमुख सन्तोष तिवारीले बताए ।

विमा कम्पनीहरु मध्ये नेपलमै पहिलो पटक सुर्य र ज्योती लाईफ इन्स्योरेन्सले मर्ज गरेको तिवारीले जनाए । गत पुष ७ गते मर्ज भएको उक्त दवै कम्पनीको गाईघाट शाखामा कार्यालय समेत उद्घाटन भएको छ । कार्यालय उद्घाटन सँगै दुवै कम्पनीका कर्मचारी तथा अभिकर्ताहरुले खुसीयाली समेत साटासाट गरेको छ । आईतबार कम्पनीको उद्घाटन समारोहमा अभिकर्ता र कर्मचारीहरुले एकआपसमा परिचयात्मक कार्यक्रम समेत गरेको छ ।

कार्यालयको उद्घाटन प्रदेश नं. २ प्रमुख तिवारी सँगै गाईघाट शाखा प्रमुख कमला खवास बिपिन राई र सिताराम चौधरीले संयुक्तमा गरेका थिए ।
