Thursday, July 9News That Matters

गाईघाटमा क्रिसमस डे भव्य


पूर्णपुष्टि, पुष १०

गाईघाटमा पनि यशु क्रिसमसको जन्मउत्सव भव्य मनाएको छ । गाईघाटका क्रिसमस धर्मलम्वीहरुले बिभिन्न कार्यक्रमको आयोजना सँगै क्रिसमस डे मनाएको हो । जिल्लाभरी नै रहेको बिभिन्न चर्जले क्रिसमस डे मनाएका छन् । गाईघाटमा पनि त्रियुगा नगरभरी रहेका चर्जको उपस्थितिमा क्रिसमस मनाईएको हो । यसु क्रिसमको आत्माशान्ती र मानव उन्मुक्तिका लागि जन्मीएको यसुलाई खुसीको रुपमा मनाउने भन्दै क्रिसमस मनाईने गरेको कार्यक्रममा सहभागी सोभराज सुनुवारले जनाए । सुनुवारका अनुसार कार्यक्रममा त्रियुगा नगरपालिका भरी रहेका सबै क्रिसमस धर्मलम्वीहरुको उपस्थिति रहेको र सांगितिक कार्यक्रम सँगै पास्टरहरुको प्रवचन समेत प्रस्तुत गरिने जनाए । उक्त कार्यक्रम त्रियुगा नगरपालिका १२ हवाईफिल्डमा भव्य मनाईएको छ । कार्यक्रम अगाडी यशुको नाम सहित र्याली प्रदर्शनमा उनिहरु सहभागी रहेका थिए । साथै कार्यक्रममा यस जन्म उत्सवको बारेमा शुभकामना आदान प्रदान गरेका थिए ।

डे