पूर्णपुष्टि, पुष १० गते ।
भारतीय नागरिकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–२ निवासी प्रमोद राम रहेका छन् ।
प्रमोदलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । उहाँका अनुसार मुख्य अभियुक्त पक्राउ परिसकेको र उनलाई सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ ।
सुरुमा दुई जना आफन्तलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनिहरुको संलग्नता नदेखिएपछि छोडेको थियौँ भने यस पटक मुख्य अभियुक्त नै पक्राउ परेको प्रहरीले जनाएको छ । पुष ७ गते साझमा बाराको महागढीमाई नगरपालिका– २ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलबाट निस्कदै गरेका शिवपुजन प्रसाद यादवको गोली हानी हत्या भएको थियो । यादव भारतीय प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेको व्यक्ति भएको प्रहरीले जनाएको छ ।
