Thursday, August 6News That Matters

नयाँ प्रधानमन्त्रीको सपथ भोली

पूर्णपुष्टि, पुष १०
आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको छ । भोली नै नयाँ प्रधानमन्त्रीको सपथ हुने शीतलनिवास स्रोतले जनाएको छ ।
अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी पेश गरेका हुन् ।