
पूर्णपुष्टि,फागुन २२ । जिल्ला प्रहरी कार्यालयले गाईघाटको दुई छ्ट्टा–छुट्टै स्थानबाट हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ । आईतवार त्रियुगा नगरपालीका ११ शिवालय टोर र स्थित थरुहट रंगशाला–१२, मा पार्किङ गरी राखिएको मोटरसाईकल हराएको थियो ।
दुबै १५० सिसिको पल्सर मोटरसाईकल रहेका छन् । जस्मा वडा नं.११ बाट ३९०२९००२४ प ६०३६ नम्बरको र वडा नं. १२ बाट स १० प ५९७५ नम्बरको मोटर साईकल फेला परेका हुन् । दुई छुट्टा छुट्टै स्थानबाट हराएको मोटरसाईकल बजाज कम्पनिको पल्सर मोटरसाईकल रहेको प्रहरीले जनाएको छ । मोटरसाईकल धनीले आफ्नो सवारी साधन हराएको भन्दै प्रहरीलाई खोजिदिन आग्रह गरेको थियो ।
खेज अनसुन्धानमा खटिएको प्रहरी टोलीले दुबै मोटरसाईकल फेला पारी ल्याई सम्बन्धित व्यक्ती पहिचान गरी मोटरसाईकल धनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायक उपरीक्षक राकेश कुमार पोदारद्धारा हस्तान्तरण गर्नुभएका हुन् ।
