
पूर्णपुष्टि, ११ बैशाख ।
गाईघाटमा भोली देखी सुरु हुने प्रदेश स्तरीय तेस्रो बृहत औद्यागिक महोत्सवको उद्घाटन प्रदेशका उद्योग, कृष तथा शहकारी मन्त्री राम कुमार खत्रीले गर्ने भएको छ । जिल्ला वासी समेत रहेका खत्रीले गाईघाटमा भव्य हुने महोत्सवको बृहत प्रदर्शनी तथा रैथाने खानाको उद्घाटन गर्ने भएको हो । महोत्सवको लागि तयारी आज सकिने भएको छ । हिरा टेन्ड हाउसमा राखिने स्टलहरुको ब्यापक तयारी भैरहेको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा व्यापारी, व्यवसायी, उद्यमी, उपभोक्ता, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, बुद्धिजिवि सबैलाई उपस्थितका लागि आह्वान गरिएको छ । प्रदेशभरीको उत्पादनलाई प्रदर्शनीमा राखिने भएकाले यसले बिषेशगरी उदयपुरको उद्योग व्यवसायीहरुलाई ठुलो सहयोग पुग्ने आयोजकको आकलन छ । मेहनत श्रृजना उत्पादन र वस्तु मेरै नेपालको, उद्योग गरौँ, उद्यमी बनौ, स्वदेशी वस्तुको प्रयोग गरौँ, भन्ने मुल नारासहित स्थानीय उत्पादनको प्रवद्र्धन र समृद्धिको लागि उद्यमशिलता भन्ने उदेश्यले लघु घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, कृषि, वन, जढीबुटी, पर्यटन, हस्तकला, बिज्ञान तथा प्रविधि, सूचना संञ्चार, साहित्य, कला, संस्कृति र रैथाने खानाको परिकार प्रदर्शनीको मुख्य आकार्षण रहेको छ ।
