पूर्णपुष्टि, पुष ४
गाईघाटमा १ नं प्रदेश स्तरीय लाखे प्रतियोगिता हुँदैछ । झिँगु नेवा पुँच उदयपुरको आयोजनामा हुन गैरहेको ७ दिने खाना परिकार महोत्सवमा उक्त प्रतियोगिता भव्य गर्न लागिएको छ । प्रतियोगितामा १४ ओटै जिल्लाका लाखे नाच प्रस्तुत गरिने जनाईएको छ । आयोजक कमिटीका अनुसार प्रतियोगितामा सहभागीहरुलाई सान्त्वना सम्म पुरस्कारको व्यवस्था गरिएको छ । आयोजकका अनुसार प्रथम हुने टोलीलाई १ लाख एक रुपयाँ नगद, शिल्ड, प्रमाण पत्र र मायाको चिनो, दोस्रोलाई ७५ हजार एक रुपायाँ नगद, शिल्ड, प्रमाण पत्र र मायाको चिनो, तेस्रोलाई ५१ हजार शिल्ड, प्रमाण पत्र र मायाको चिनो र सान्त्वनालाई ११ हजार एक नगद, कप, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिने छ । लाखे प्रतियोगिता माहोत्सव समापनको एक दिन अघी ९ गते गरिने जनाईएको छ ।
