पूर्णपुष्टि, पुष ४
४ गते देखी १० गते सम्म हुन गैरहेको दोस्रो उदयपुर खाना परिकार महोत्सव सोमवार देखी गाईघाटमा सुरु भएको छ । बिभिन्न खानाको परिकार र संस्कार संस्कृतीको प्रदर्शन सहित महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन प्रदेश नं १ का भौतिक पूर्वधार मन्त्री हिमाल कार्कीले गरेका छन् । उद्घाटनका दिन बिभिन्न जातजातिहरुको काला पहिचान सहितको झाँकी प्रदर्शनहरु समेत गरिएको छ । महोत्वसमा आदिवासी जनजातिहरुको खानाका परिकार र उनिहरुको कला संस्कार संस्कृति र भेषभुषालाई बिषेश प्रदर्शन गरिने आयोजकले जनाएको छ । आयोजक कमिटीका अनुसार मेलामा आदिवासी जनजातिहरुको पराम्परागत खानाका परिकार, जिल्लामा रहेका जातजातिहरुको जातिबिषेश सांस्कृतिक कार्यक्रम तथा परम्परागत भेषभुषाको प्रदर्शन, प्रदेश स्तरीय लाखे नाच प्रतियोगिता, राष्ट्रय कलकारहरुको प्रस्तुती, पर्यटन प्रवर्दनका लागि होमेस्टे सम्बन्धि छलफल जस्ता कार्यक्रमहरु महोत्सवमा गरिने जनाएका छन् ।


