Sunday, July 12News That Matters

बालिका बलात्कार अभियोगमा दुई युवक पक्राउ

पूर्णपुष्टि, पुष ४ गते ।
मोरङको सुन्दरहरैचामा स्कुलबाट घर फर्कदै गरेका दुई बालिकामाथि बलात्कार गरेको अभियोगमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङ रहेका छन् ।

सुन्दरहरैँचा–३ र ५ घर भएका १४ वर्षका २ जना बालिकामाथि बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । पुस १ गते शुक्रबार घरबाट स्कुल हिँडेका बालिका भोलिपल्ट मात्रै घर फर्किएका थिए । आफन्तले सोधीखोजी गर्दा बलात्कृत भएको खुलाएका थिए ।

बालिकाका अभिभावकले आइतबार साँझ किटानी जाहेरीका दिएका थिए । जाहेरीको आधारमा तिम्सिना र तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएका छ । सुन्दरहरैँचा–७ बेलगाछीमा रहेको होटल दरबार इन, रेस्टुरेन्ट एन्ड लजको दोस्रो तलाको अलगअलग कोठामा लगी बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । होटल मिलाइदिने काम गरेको आरोप प्रहरीले  सुन्दरहरैँचा–५ का २० वर्षीय बेञ्जु चौधरी र सुन्दरहरैँचा–६ का २० वर्षीय पदम कार्कीलाई पनि नियन्त्रणमा लिएको छ ।