
पूर्णपुष्टि, २० पौष ।
गएराती गाईघाट बजारमा भएको मोटरसाईकल दुर्घटनामा एकको मृत्यु एक घाईते भएको छ । गाईघाटबाट पूर्व तर्फ जाँदै गरेको प्र. १–०५–००१ प. ७४३० नं को मोटरसाईकाल गाईघाट बजारको पिजी चोकमा अन्यन्त्रीत भई दुर्घटना हुँदा त्रियुगा नगरपालिका ११ मेनचोकका २२ बर्षे मनोज चौधरीको उपचारको क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । चौधरी सँगै सवार रहेको सोही ठाउँका २२ बर्षिय ज्ञानेन्द्र मलाह भने घाईते भएको छ । यी दुई मध्य मोटरसाईकल कस्ले चलाएको भन्नेबारेमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घाईते मलाहको थप उपचारको लागि बिराटनगर लगिएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने मोटरसाईकल ट्राफिक प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।