Friday, May 15News That Matters

गाईघाट बोक्सेमा नाला खन्ने क्रममा ढिस्कोले पुरिदा एक जनाको मृत्यु

पूर्णपुष्टि, माघ प१४
उदयपुर स्थित गाईघाट बोक्सेमा नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिदा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १० बोक्सेका ५६ बर्षिय झर्क बहादुर सार्कीको नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ढिस्कोले पुरिएका सार्कीको शरिरको बिभिन्न भागमा घम्भीर चोट पटक लाग्नुका साथै सामान्य उपचारको लागि जिल्ला अस्पतालमा राखेर बाँकी उपचार गर्न बिराटनगर पठाईएको थियो । उनको उपचारकै क्रममा बिहिबार राती मृत्यु भएको प्रहरीले जनाएको छ । सार्कीलाई करिब ४ बजेको समयमा माटोको ढिस्कोले पुरेको थियो ।