Sunday, June 28News That Matters

गाईघाट भित्र्याउदै गरेको अवैध १९ थान मोवाईल बरामत

पूर्णपुष्टि,चैत १

गाईघाट भित्र्याउदै गरेको अवैध १९ थान मोवाई प्रहरीले बरामत गरेको छ । त्रियुगा नगरपालिका–४ सालघारीचोक स्थितमा अस्थाई प्रहरी पोष्ट बगाहाबाट  खटिएको  बिशेष प्रहरी  टोलीले चेकजाँच गर्ने क्रममा उत्त मोवाई बरामत भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले  संचालन गरेको अबैध रुपमा राजस्व छलि गरी माल सामान ओसार पसार गर्ने कार्यलाई निरुत्साहित गर्ने अभियान अन्तगर्त जलजले बाट गाईघाट तर्फ आउदै गरेको भाडाको म्याजिक गाडिमा चेकजाँच गर्ने क्रममा बिल विजक बिनाको १९ थान भिप्पो मोवाईल फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आवश्यक कार्वाहीका लागि करदाता सेवा कार्यालय गाईघाट उदयपुर पठाएको प्रहरीले जनाएको छ ।