Thursday, June 18News That Matters

गाईघाट साकेलामा कोशी प्रदेश नाम खारेजीको माग, फोटोफिचर

पूर्णपुष्टि, ९ जेष्ठ ।
उदयपुरको गाईघाटमा मंगलबार साकेला नाच्दै कोशी प्रदेश नामाकरण खारेजीको माग गरिएको छ । कोशी प्रदेश नामाकरण खारेज संयूक्त संघर्ष समिति उदयपुरको आयोजना तथा किरात राई यायोख्खा उदयपुरको समन्वयमा साकेला नाचेर बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएका थिए । कार्यक्रममा र्याली तथा बिभिन्न ठाउँका साकेला सिल्ली नाचको प्रदर्शन गरिएका थिए । बृहत सांस्कृतिक कार्यक्रममा बेलका, चौदण्डीगढी कटारी र गाईघाटका किरात समुदायहरुले सहभागी जनाएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्न जनजाति नेता तथा पहिचानवादी अभियानकर्ताहरु आएका थिए । आदिवासी जनजाती नेता आङ्काजी शेर्पा, राजनितिक बिश्लेषक तथा लेखक युग पाठक, पूर्व मन्त्री गोपाल किराती, किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई र यायोख्खा माहासचिव भिम राई लगायतले कार्यक्रमलाई भव्य सम्वोधन गरेका थिए । उनिहरुले पहिचान बिरोधीहरुलाई होसियार रहन र पहिचानको आधारमै प्रदेशको नाम नामाकरण गर्न सुझाव दिए । उनिहरुले बाहुनवादी सरकारले पहिचान सकाएर आदिवासी जनजातिहरुलाई विस्थापित गर्न खोजेको समेत आरोप लगाए ।