
पूर्णपुष्टि, ७ असार ।
गाईघाट स्थित साकेला थानमा रहेको पारुहाङ सुम्निमाको प्रतिमा अनावरण गरिएको छ । शुक्रबार साकेला उभौली सँगै प्रतिमाको पनि अनावरण गरिएको हो । किरात समुदायहरु भित्र रहेका बिभिन्न व्यक्तिहरुको आर्थिक सहयोगमा प्रतिमा निर्माण गरि साकेला थानलाई संस्कृतिमय बनाईएको छ । प्रतिमाको उद्घाटन किरात राई मुन्धुम धर्म संस्कार र संस्कृतिका संरक्षक जेष्ठ किरात नरध्वज राई र प्रेम चाम्लीङराईले गरेका हुन् । प्रतिमाको उद्घाटन गर्दै प्रेम चाम्लिङ राईले प्रकृतिमा रहेको सम्पूर्ण जिवजन्तुहरु सबै पारुहाङ सुम्निमको सन्तान रहेको जनाए । सृष्टि उत्पतिका मानव र जिव जन्तुहरु उनिहरुकै सन्तान रहेको उनले कथा सुनाए ।

