Friday, June 26News That Matters

गाई काटेको अभियोगमा २ जना पक्राउ

पूर्णपुष्टि, माघ ९
गाई काटेको अभियोगमा रोल्पामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सुनिल स्मृति गाउँपालिका– ८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
उक्त स्थानमा गाई काटी खाइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट ४÷४ केजी मासु फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।