
पूर्णपुष्टि, साउन १०
गाई काटेको अभियोगमा संखुवासभाका ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मादी नगरपालिका–९ स्थित दमाई खोल्सामा गाई काट्दै गरेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मादी–९ का सुदीप लिम्बू, निखिल लिम्बू, मिलन गुरुङ, प्रेमबहादुर श्रेष्ठ, मनबहादुर लिम्बू र सुदीप दर्जी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
पक्राउ परेको पाँचै जनामाथि गौवधसम्बन्धी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार सो मुद्दामा तीन वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ ।
