Friday, June 12News That Matters

गाडीको ठक्करबाट पैदल यात्रिको मृत्यु

काठमाण्डौँ, जेठ १०

काठमाडौँको चन्द्रागिरी नगरपालिका–१४ स्थित सडकमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश ०१–०२६ च २१५१ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१३ लामाचोर बस्ने ७१ वर्षीय ध्रुर्वप्रसाद रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका रेग्मीको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा ज्यान गएको र ठक्कर दिने गाडी तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)