Monday, June 29News That Matters

गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुनसरी, भाद्र १४

सुनसरीको भोक्राहामा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । भोक्राहा नर्सिङ गाँउपालिका–४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालक भोक्राहा नर्सिङ–६ बस्ने २६ बर्षीय जगदेव मेहताको मृत्यु भएको हो ।

आज दिउसो पौने २ बजे पश्चिम तर्फ जादै गरेको बा २१ च ५६९४ नम्बरको पिकअप गाडीले बिपरित दिशाबाट आईरहेको को ३८ प ३४६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक मेहता गम्भीर घाईते भएको थियो ।

घाईते मेहताको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा दिउसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ठक्कर दिने गाडी र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।