
पूर्णपुष्टि, भदौ १४
सरकारले आजदेखि लागू हुने गरी पीसीआर परीक्षणको शुल्क घटाएको छ । यसअघि एक जनाको स्वाबको नमुनाको पीसीआर परीक्षण गर्दा पाँच हजार पाँच सय लिने गरेकोमा अब बढीमा चार हजार चार सय रुपैयाँमात्र लिन पाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सरकारले तीन वटा मापदण्डका आधारमा मात्र कोरोना भाइरसको निःशुल्क परीक्षण गर्ने निर्णय गरेको छ । अब सङ्क्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्ने व्यक्तिहरूको मात्र निःशुल्क परीक्षण गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
अरु व्यक्तिहरूले शुल्क तिरेर परीक्षण गराउन सक्ने मन्त्रालयले जनाएको छ । सरकारले कोरोना परीक्षणका लागि नौ वटा सरकारी र ११ वटा निजी अस्पताललाई अनुमति दिएको छ ।
