Monday, June 29News That Matters

भदौभर लामो दूरीका गाडी र आन्तरिक उडान नहुने

पूर्णपुष्टि, भदौ १५

सरकारले भदौभर लामो दूरीका गाडी र आन्तरिक उडान नचलाउने निर्णय गरेको छ । आइतबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि भदौ १५ अर्थात आजदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना सङ्क्रमण झन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान भने सर्त सहित भदौ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय कायमै राखिएको छ । यस्तै विद्यालय र कलेजसहितका शिक्षण संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको छ ।