
भदौ २४ गते ।
अमेरिकी गायिका केटी पेरी समय–समयमा विभिन्न विषयले चर्चामा चुलिने गरेका छन् । गायिका केटीले उल्टै पुरुषलाई यौन दुव्र्यवहार गरेका आरोप लागेको छ ।
पुरुषले महिला माथि यौन दुव्र्यवहार गरेका घटना सनेपनि केटीले यस्तो घटना घटाएको सुनिएको थिएन । हाम्रो समाजको लागि यो घटना नौलो नै हो ।
एक सुटिङको क्रममा आफ्नो ट्राउजर तानिदिएर झण्डै नाङ्गै पारेको मोडल तथा अभिनेता जोस क्लोसले केटीलाई आरोप लगाएका छन् । सन् २०१० मा उनीहरू केटीको ‘टिनएज ड्रिम’ को सुटिङ गरिरहेको बेला केटीले सबैको अगाडी ट्राउजर तानिदिएकी जोसनले बताएका छन् ।
दोस्रो पटक ट्राउजर मत्रै हैन भित्रको कट्टसमेत तानेर नाङ्गै पारिदिएको जोसले गुनासो पोखेका छन् ।
