Sunday, June 28News That Matters

गिरिबन्धु प्लाष्टिक उद्योगका सञ्चालक गिरीद्धारा मुसर वस्तीका २० परिवारलाई ब्लाङकेट सहयोग

पूणर्पुष्टि, पुष ४

गिरिबन्धु प्लाष्टिक रिसाईकलिङ यद्योगका संञ्चालक प्रदिप गिरीले जाडोको समयमा २० परिवारलाई ब्लाङ्केट वितरण गर्नुभएको छ । चौदण्डीगढी नगरपालिका ९ का २० मुसहर परिवारलाई ब्लाङकेट सहयोग गर्नुभएको हो ।

गिरीले आफ्नो २८ औँ बैबाहिक बार्षिकउत्सवको अवसर पारेर जाडोको समाग्री वितरण गर्नुभएको हो ।  त्रियुगा नगरपालिका ३ मोतिगडाका उद्योग संञ्चालक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ १ नं. प्रदेश सदस्य गिरीले परिवारसहित चिसोबाट बच्न २० मुसहर परिवारलाई ब्लाङ्केट वितरण गर्नुभएको हो ।

केही दिन अघि मात्रै हडियामा आगलागी पिडित हरि वहादुर बस्नेतको परिवारलाई पनि लत्ता कपडा र भाडा वर्तन सहयोग गर्नुभएको थियो । भान्साकोठाको पछाडीबाट अचानक आगलागी हुँदा ढुङ्गा, माटो र काठले बनेको टीनको छाना भएको दुई तले कच्ची घर, घर भित्र रहेको अन्दाजी ५० मुरी धान, लत्ताकपडा, भाडाकुडा, नगद पैसा लगायत सम्पूणर् समान बस्नेतको जलेर नष्ट थियो । गोठमा समेत आगलागी हुँदा बाख्राको खोर सहित ४ वटा बाख्रा, ७ वटा कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यो चिसो मौसममा गरिब दुखीहरुलाई चिसो हँुदा आफुलाई पनि सिचोको महसुस गर्ने गिरीले न्यानो कपडा वितरण गर्दा आफुलाई तातोको महसुस गरेको बताउनुभयो ।

आफु सँग जतिनै न्यानो कपडाहरु भएपनि अरुलाई चिसो देख्दा जाडोको महसुस हुने गिरीले बताउनुभयो । उहाँले २ जनालाई ज्याकेट समेत वितरण गर्नुभयो ।