पूर्णपुष्टि, ३० मंसिर ।
किरात गणराज्य मोर्चाले पूर्व मन्त्री तथा किरात गणराज्य मोर्चाका संरक्षक पहिचानवादी नेता गोपाल किराती सहितका नेता कार्यकर्तालाई तत्काल रिहाईको माग राखेका छन् । कोशी प्रदेश ख्यारजी र किरात प्रदेशको माग सहित आन्दोलन गरिरहेका पहिचानपक्षधरहरुलाई प्रहरीले हलेसी बाट गोपाल किराती सहित पक्राउ गरेका थिए । तत्काल रिहाई नगरे आन्दोलनहरु थप सशक्त हुने चेतावनी समेत मोर्चाले दिएको छ । मोर्चाका सचिव किरन राई हस्तक्षर बिज्ञाप्तीमा पहिचानवादी नेता गोपाल किराती लगायत अन्य नेता कार्यकर्ताहरुलाई हलेसी बाट पक्राउ गरी अझै छाडिएको अवस्था छैन् । सरकार प्रति हाम्रो ध्यानाकर्षण भएको छ । बिज्ञाप्तीमा भनिएको छ ।