गुडिरहेको गाडीमा एक पुरुषको शव फेला

पूर्णपुष्टि, कार्तिक २३
गुडिरहेको गाडीमा एक जना पुरुषको शव फेला परेको छ । दाङको तुलसीपुर उपमाहानगरपालिका–९ बेलुकाका ५४ वर्षीय लालबहादुर वलीको सोमबार गुडिरहेको गाडीको सिटमै उनको शव फेला परेको हो । राप्ती राजमार्गअन्तर्गत रुकुमबाट दाङको तुलसीपुर हुँदै नेपालगञ्जका लागि आउँदै गरेको बा प्र–०१००६–ख २५९४ नम्बरको हायसभित्र सिटमै बसेको अवस्थामा वली मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी अनुसार सल्यानको बागचौर नगरपालिका– २ थारमारेमा आएर गाडी रोकिएपछि मात्रै वलीको मृत्यु भइसकेको कुरा अरू यात्रुले थाहा पाएका हुन् ।
सिटमै बसेको अवस्थामा फेला परेका वलीको एउटा हात घुँडामा र अर्को हात कम्मरको साइडमा रहेको तथा अलिकति घोप्टो परको हुँदा अन्य यात्रुले सुतेको ठानेर कसैले घटनाबारे जानकारी नै नपाएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी आएर मुचुल्का तयारी पारी पोष्टमार्टमका लागि जिल्ला अस्पताल खलंगामा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार वली रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका– १२ नुवाकोटमा तिहारको टीका लगाउन गएका थिए । त्यहाँबाट फर्किदै गर्दा वलीको यात्राकै क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: