Thursday, June 11News That Matters

गोर्खा वयल फेयर ट्रष्ट धरानद्धरा खानेपानी योजना हस्तान्तरण

पूर्णपुष्टि, असोज २४

उदयपुरको भोर्लेमा गोर्खा वयल फेयर ट्रष्ट धरानले भोर्ले खानेपानी योजना निर्माण कार्य सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरेको छ ।
त्रियुगा नगरपालिका–१६ भोर्लेमा फेयर ट्रष्ट धरानको आर्थिक तथा प्राविधिक सहयोगमा भोर्ले खानेपानी योजना निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरेको हो ।

घर घरमा सुरक्षित शुद्ध पानी पुगेपछी खुसी भोर्लेबासी खुसी भएका छन् । शनिबार एक कार्यक्रमको साथ प्रदेश सांसद अम्बिका थापाले आयोजनाको उद्घाट गर्नुभयो भने गोर्खा वयल फेयरको प्रोजेक्ट मेनेजर कृष्णबहादुर सुब्बाले समुदायमा हस्तान्तरण गर्नुभएको हो ।
आयोजनाको उत्घाटन गर्नुहुदै सांसद थापाले सफा पानी पिउनु ,स्वस्थ्य रहनु, आफू सफा हुनु, घर वरिपरि पनि सफा राख्नु महत्वपूर्ण कुरा भएको बताउनुभयो । आगामी दिनहरूमा पानी बचत गर्दै कृषिजन्य वस्तु उत्पादन बढाउनमा जोड दिनु भयो । साथै आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग सदैभर गर्न तयार रहेको पनी पतिबद्धता जनाउनुभयो ।

मल्टी आर्टी बिधिमा निर्माण गरिएको खानेपानी आयोजनामा ६ वटा टयङकी र १ ड्याम रहेको छ भने सोही खानेपानी आयोजनामा ३९ वटा धार निर्माण गरीएको छ । पहिला जस्तो पानी पर्दा खोला बाढी आउँदा धारामा पानी धमिलो आउने समस्या हटेकाले बजारमा पाउने मिनिरल वाटर जस्तै सुद्ध र सफा पानी पिउन पाएको स्थानीयबासीहरुले बताएका छन् ।