
पूर्णपुष्टि, असोज २५
सरकारले अनशनरत डाक्टर गोविन्द केसीसँग ८ बुँदे सहमति गरेको छ । गत भदौ २९ गतेदेखि अनशन बस्नुभएको डाक्टर केसीसँग गतराती सहमति भएको हो ।
चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर अनशन बस्नुभएको डाक्टर केसीसँग सहमति भएसँगै डाक्टर केसीले आज बिहान साढे ९ बजे अनशन तोड्ने तयारी रहेको जनाईएको छ ।
बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।

