Saturday, June 13News That Matters

गोर्खा वेल्फेयरद्वारा बेलकामा दोस्रो चरणको राहत वितरण

पूर्णपुष्टि, भदौ ८

गोर्खा वेल्फेयर ट्रष्ट नेपालले बेलकाका सप्तकोशी पिडितहरुलाई दोस्रो चरणमा आज राहत वितरण गरेको छ । वेल्फेयरको उत्थानशील खानेपानी सरसफाई तथा विपद तयारी कार्यक्रमको सहयोगमा ९८ घर परिवारलाई विभिन्न साम्रग्री वितरण गरेको हो । राहत प्याकेज अन्तर्गत आत्म सम्मान÷स्वच्छता सामग्र, सरसफाई सामग्री, भाँडाकुडा÷किचन सेट, खाद्यान्न सामग्री र बन्दोबस्तीको सामग्री ९८\९८ सेट उपलब्ध गराएको हो । १५ लाख ७० हजार २५४ रुपैया बराबरको राहत सामग्री वितरण गरेको वेल्फेयरले जनाएको छ ।एक परिवारलाई आवश्यक पर्ने खाद्यन्नदेखि प्रयोगका सामग्रीहरु सम्मिलत राहत प्याकेज वितरण भएको र यसले पिडितहरुलाई फाइदा पुग्ने बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताउनुभयो । विपद् तथा विभिन्न कारणले समस्यामा परेकाहरुलाई वेल्फेयरले सहयोग गर्ने गरेको सिनियर एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख पूर्णप्रसाद लिम्बुले बताउनुभयो ।नगरपालिकाको समन्वयमा प्रमाणीकरण भएका पिडितलाई आवश्यकता अनुसार राहत वितरण गरिने उहाँले बताउनुभयो । ट्रकबाट ढुवानी गरिएको राहत स्थानीय एक विद्यालय चौरीमा वितरण गरिएको थियो । वितरण कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुको उपस्थिति थियो । वेलफेयरले यसअघि पहिलो चरणमा १५ लाख २३ रुपैया बराबरको राहत सामग्री ९४ घरपरिवारलाई वितरण गरेको थियो । वितरणमा वेल्फेयरका प्रतिनिधि एवम् सदस्यहरु खटिएका थिए ।