
उदयपुर, असार ३ गते ।
छैटौँ उदयपुर रमपम गोल्डकपका मंगलबारको खेलमा गोर्खा व्वाईज कल्व सेमिफाईनलमा प्रवेश गरेको छ । गोर्खा व्वाईज क्लव रुपन्देहीले २–१ ले सङ्कटा क्लव काठमाण्डौँ लाई पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतिस्प्रधात्मक खेलको ५१ औँ मिटनमा गोर्खा व्वाईज क्लवका जर्सी नम्बर ७ को फोफानाले गोल गर्दै आफ्नो टिमको खाता खोलको थियो । लगातार अर्को गोल ६५ औँ मिनटमा जर्सी नम्बर ९ का डेनिलले गरेको थियो । भने ८९ औँ मिनटमा सङ्कटा क्लवका जर्सी नम्बर ६ को अमित तामाङ्ले गोल गर्दै आफ्नो टिमको खाता खोलेको थियो ।
आक्रमक रुपमा खेल मैदानमा उत्रेका दुवै टिमका खेलाडीहरुले गोल गर्ने प्रयास गरेपनि हाप समयसम्म गोल हुन सकेको थिएन । उत्कृष्ट खेलाडी गोर्खा व्वाईज क्लवका जर्सी नम्बर ७ को फोफाना घोषित गरे भने नगद सात हजार, म्यडल प्रदान गरेको थियो ।
दौड र बल नियन्त्रमा खेलाडीहरुले राम्रो गरेकाले बलियो टिम संकटालाई जित्न सफल भएको गोर्खा व्वाईका कोच जगनाथ खतिवडाले बताए । घरेलु मैदान अनि दर्शकको साथ हुने भएकाले आयोजक टिम कम्जोर ठान्दै नौ उनले बताए ।
खेलमा हार जित हुन्छ, हाम्रो खेलाडीको रणनीति सफल हुन सकेत त्यसैले हार व्यहोर्नु पया सङ्कटा क्लवको कोच सैयान खड्गीले बताए ।
भोलिबाट हुने सेमिफाईनलको खेलमा सशस्त्र प्रहरी क्लव काठमाण्डौँ र मोरङ ट्रेनिङ् सेन्टर मोरङ विच खेल हुने छ ।