
पूर्णपुष्टि, जेष्ठ ११
गोली प्रहारबाट घाईते भएका माओवादी केन्द्र कपिल्वस्तुका जिल्ला कमिटि सदस्य दिपक पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ ।
पाण्डेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीप्रमुख उपरीक्षक नवराज अधिकारीले बताए ।
पाण्डेलाई अज्ञात समूहले बुधबार राति ११ बजे कपिलवस्तु नगरपालिका–३ सडवामा गोली प्रहार गरिएको थियो ।
गोली लागेर घाईते भएका पाण्डेलाई थप उपचारका लागि सोमबार साँझ हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार सम्भव नभएपछि कपिलवस्तु प्रशासनको पहलमा गृह मन्त्रालयले हेलिकप्टर पठाएको थियो ।
गोली हान्ने दुई जना पक्राउ परेका छन् भने एक जना फरार छन् ।
