Friday, February 14News That Matters

गोली हानी १२० किलो गाँजा सहित ६ जना नियन्त्रणमा

पूर्णपुष्टि, पुष २५ । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ मा प्रहरीले गोली चलाई १२० किलोग्राम गाँजा सहित ६ जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बुधबार लागूऔषध गाँजाको बिक्रिवितरण र ओसारपसार भईरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको होअ।

प्रहरी टोलीले चेकजाँचको क्रममा एकैसाथ आउँदै गरेका ५ वटा मोटरसाइकल रोक्न खोज्दा मोटरसाइकलमा सवार व्यक्तिहरुले प्रहरीमाथि हातपात र ढुंगामुढा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले एक राउण्ड हवाई फायर गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका–१ का ३४ बर्षीय नकुल राई, २१ बर्षीयओम प्रकाश राई, साँगुरीगढी–८ का २८ बर्षीय मंगल कुमार राई , २९ बर्षीय बिसन राई, २६ बर्षीय थाम बहादुर राई र २१ बर्षीय सुमन राई रहेको प्रहरीले जनाएको छ । प्रहरीले को.३८प३५२२, प्रदेश १–०२–०५३प९६६३, प्रदेश १–०२–०५३प८६१७, प्रदेश १–०२–०४३प९५९६ र को १४ प ७७५० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले पक्राउ परेकाहरुमाथि कानूनी कारबाही अघि बढाएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।