
पूर्णपुष्टि, चैत्र १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या चाँडै समाधान हुने बताएका छन् ।
भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा बोल्दै एक, दुई हप्ता भित्र रंगशालाको समस्या समाधान हुने र निर्माणको काम चाँडै अघि बढ्ने प्रधानमन्त्रीको भनाई छ । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको काम डेढ बर्षदेखी रोकिएको छ । सो रंगशालाको उधारो र ऋण गरेर करिब १८ करोड रुपैयाँ तिर्न बाँकी छ । रंगशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन फाउन्डेसनले पत्राचार गरेको थियो भने थप प्रक्रिया अघि बढेको छैन ।
