Sunday, June 21News That Matters

ग्यास पड्किँदा आमाछोरा घाइते

पूर्णपुष्टि, जेष्ठ १६

खाना पकाउने क्रममा ग्यास पड्किँदा आमाछोरा  घाइते भएका छन् । चितवनको भरतपुर महानगरपालिका– १० स्यालीबजारमा आज ग्यास पड्किँदा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय छोरा आयुष आचार्य घाइते भएका हुन् ।

घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरुको अवस्था मध्यम रहेको छ । प्रहरीकाअनुसार आगलागीबाट ग्यास सिलिन्डर दुई थान, फ्रिज एक थान, चुलो एक थान, भाँडावर्तन र भान्सा कोठामा प्रयोग गरिएको जिप्सनमा क्षति पुगेको छ ।

खाना बनाउने क्रममा ग्यास पड्किएपछि घरमा आगलागी भएको थियो । आगो स्थानीय, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।