Sunday, June 28News That Matters

ग्यास लिक भएर भिषण आगलागी, चार घर जलेर नष्ट

पूर्णपुष्टि,चैत ५

ग्यास लिक भएर सप्तरीमा भिषण आगलागी भएको छ । आगलागीबाट चार घर जलेर पूर्णरुपमा नष्ट भएको छ । हिजो तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित हरिकिसुन खंगको घरमा रहेको ग्यासको निपुल लिकेज भई आगलागी भएको हो ।

आगलागीबाट चार घर जलेर नष्ट हुनुका साथै हरिकिसुन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि तिलाठी कोइलाडी गाउँपालिकाको एम्बुलेन्सबाट राति नै राजविराज ल्याइएको गाउँपालिकाले जनाएको छ ।

खंगको घरमा रहेको ग्यासको निपुल लिकेज भएर खंगसहित रामचन्द्र खंग, नकछेदी खंगको चार घर जलेर नष्ट हुँदा घरभित्र रहेका सम्पूर्ण लत्ताकपडा, खाधान्न, सरसामानहरु जलेर नष्ट भएको छ । आगलागीमा करिब २० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाबाट पुगेको वारुणयन्त्रको सहयोगमा बर्साइन प्रहरी चौकी, हनुमाननगरस्थित सशस्त्र प्रहरी बल, बर्साइन कुशहाको सशस्त्र प्रहरी बलको टोली तथा स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।