
पूर्णपुष्टि, चैत ५
नेपाल सरकारको पूर्ण स्वामित्व रहेको उदयपुर सिमेण्ट उद्योग लिमिटेडले बजारीकरणमा सफल पाएको जनाएको छ । दुई वर्ष भन्दा बढी महाप्रवन्धकको पद रिक्त रहेको उद्योगले यहि माघदेखि नयाँ महाप्रवन्धक पाएपछि बजारीकरणमा सफल भएको उद्योगले जनाएको हो ।
महाप्रबन्धक गोपीकृष्ण न्यौपाने नियुक्त भएपछि उद्योगले माघ र फागुन महिनाको प्रगति विवरण प्रेस विज्ञप्तिमार्फ विहिबार सार्वजनिक गरेको छ । कोईलाको अभावले बन्द अवस्थामा पुगेको उद्योग महाप्रबन्धकमा न्यौपाने नियुक्त भएको १० दिन भित्रै कोईला लगायतका कच्चा प्रदार्थको बन्दोबस्त गरी संचालन गरेको, सिमेण्ट उत्पादन र विक्रिमा बृद्धि भएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै ६५ करोड ८२ लाखको चालू दायित्त्व रहेकोमा उद्योगको आफ्नै श्रोत परिचालन गरि अहिले ३२ करोड भन्दा बढी भुक्तानी गरिसकिएको छ । कोइला लिएर भुक्तानी स्वरुप सिमेण्ट दिने कुप्रथाको अन्त गरिएको, लक्ष्यको आधारमा कमिशन, बैंक ग्यारेण्टी सुबिधा, नगद छुट जस्ता स्किम सहितको नयाँ बिक्री नीति नै लागू गरेको कारण अहिले १, २ र बागमती प्रदेशमा विशेष प्राथमिकताका साथ १ सय २ अधिकृत बिक्रेताहरु कायम गर्दै बजार व्यावस्थापनमा उल्लेख्य काम गरेको उल्लेख छ ।
त्यस्तै बन्द अवस्थामा पुगेको उद्योग संचालन गर्न र पुरानो कारखाना भएकोले मर्मतसम्भारले गर्दा क्लिंकर उत्पादन लक्ष्य अनुसार हुन नसकेपनि बजारमा सिमेण्टको अभाव हुन नदिन सिमेण्ट प्लाण्ट चालू राखेकाले गैंडाछाप सिमेण्टले बजारमा निरन्तरता पाएको छ ।, संचालक समितिले गरेका नितिगत निर्णयहरु, ट्रेड युनियन लगायत सबै कामदार कर्मचारीहरुको मेहनतले बृद्धि विकास भईरहेको छ ।, कर्मचारीको मर्कालाई बुझेर महाप्रबन्धकले हरेक महिनाको तलब , नागरिक लगानी कोष, संचयकोष र ओटी दिन थालिएको विज्ञिप्तिमा उल्लेख छ ।
लोडसेडिङको समयमा उद्योगको बिद्युत लाइनबाट प्रभावित क्षेत्रमा जोडिएको लाइन लोडसेडिङको अन्त भएपछि पनि नहटाएकाले उद्योगले लगभग मासिक ५ लाख नोक्सानी व्यहोर्नुपरेको थियो । तर अहिले उक्त लाइन फेर्न सफल भएको छ ।, उद्योगबाट प्रदूषण कम गर्न इपीको मर्मत लगायत सरसफाइमा ध्यान दिइएको, आन्तरिक लेखापरीक्षण अद्यावधिक गर्दै चार्टर्ड एकाउण्टेन्टको टीमबाट गत पौष मसान्तसम्मको आन्तरिक लेखापरीक्षण गराइएको छ भने अनावश्यक काज दिने प्रचलन हटाइ अनियमित कार्य गर्नेलाई कारबाही गर्ने प्रचलन शुरु भएको छ । विभिन्न कमिटीहरु गठन गरि सामानको भौतिक परीक्षण शुरु भएको, उद्योग परिसरमा यत्रतत्र रहेका कवाडी सामानहरुको कलेक्सन शुरु गरिएको र जग्गा जमिनको एकिन गरि संरक्षण गर्न शुरु गरिएको उल्लेख छ ।
उद्योगले डेडिकेटेड फिडर बापत बढी भुक्तानी गरेको २२ करोड भन्दा बढी रकम, बिद्युत प्राधिकरणलाई तिर्न बांकी रकममा मिलान गर्न पहल भैरहेको उदयपुर सिमेण्ट उद्योग लिमिटेडका प्रवक्ता राम बहादुर जि। सीले बताउनुभयो । प्राबिधिक रुपमा किल्न लगायतका प्लाण्टको अबस्था परामर्शदाताबाट अध्ययन गराइ तत्काल मर्मत संभार शुरु गरिएको छ भने आगामी एक बर्ष भित्रै करीब ७० करोड थप लगानी गरि १ मेगावाटको ब्याकअप सोलार प्लाण्ट सहित किल्न सेल फेर्ने, रिइन्फोर्समेण्ट सस्पेन्सन प्रेहिटर जडान गरि हालको दैनिक ८ सय मे। टन बाट क्षमता बढाइ ११ सय मे। टन पुर्याउने गरि कार्ययोजना बनेको जनाईएको छ ।
श्रोतको लागि नेपाल सरकारसँग अनुरोध गरिसकिएको र सकारात्मक रुपमा अघि बढेको जनाईएको छ । खानीको उपयोग गर्ने दीर्घकालीन योजनामा रहेका सूसासनमा जोड दिदै सिष्टम बसाल्ने प्रयास शुरु गरिएको छ ।, कारखानाको मेसिनहरुले साथ दिएमा २ बर्ष भित्रै उद्योग नाफामा जान सक्ने रहेको छ । उद्योगको ५ अर्ब ५० करोडको नोक्सानी कायम रहेको भएतापनि ९५ प्रतिशत स्वदेशी कच्चापदार्थ चूनढुंगा प्रयोग गरि उत्पादन गरेको सिमेण्टबाट सरकारले करीब बार्षिक १ अर्ब बराबरको राजस्व संकलन गर्दै आएको छ भने ३ सय ४० कर्मचारीहरुले प्रत्यक्ष रोजगारी पाएको विज्ञप्तिमा उल्लेख छ ।
