Thursday, July 2News That Matters

घरको आँगनबाटै हराएका २ बर्षे बालक भारतबाट उद्दार

पूर्णपुष्टि,माघ २३ 

आफ्नै घरको आँगनमा खेल्दाखेल्दै हराएको २ बर्षीय बालक भारतमा भेटिएको छ । सिराहा सदरमुकाम सिराहा नगरपालिका–१ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षी छोरा प्रयांसु गत मंगलबार राति आफ्नै आँगनाबाट हराएका थिए ।

हराएको बालक भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खाजेडी भन्ने स्थानबाट फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रहरीका अनुसार बालक खाजेडीको एक सार्वजनिक स्थानबाट फेला परेका हो । हराएको ४८ घण्टाभित्रै फेला परेका बालकलाई बिहीबार राति ७ बजेतिर घर ल्याएर उनको परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

बालक कसरी सिराहाबाट भारतसम्म पुग्यो यो विषय अझै पनि अन्यौंमै रहेको छ । यस सन्दर्भमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।